
भोजपुरको दुर्गम मानिने साल्पा सिलिछों गाउँपालिका ३ गोपिनीचौरमा रहेको डिगम्वरेश्वर महादेव मन्दिरलाई कलात्मक रुपमा पुनःर्निर्माण गरिएको छ । सोहि स्थानमा जन्मि देश विदेशमा रहेका नागरिकको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिएको पुनर्निर्माण समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।
२०१८ सालमा स्थानिय समाजसेवी डिगवीर र धनमाँया अधिकारीले भारतको पवित्र तिर्थस्थल वनारसबाट ल्याईएको शिवलिङ्ग २०२९ साल जेष्ठ महिनामा वहाँका सन्तानले स्थापना गरेका थिए । माटो ढुंगाले वनेको उक्त मन्दिर र्जीण भएकाले ५१ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण समितिले जनाएको छ ।
पुन:र्निमार्ण समितिले प्यागोडा शैलिको नापनक्सा, कलात्मक झ्यालढोका, भक्तपुरे इट्टा, काठमाडौंका दक्ष कालिगढको प्रयोग, तामाको छानो लगायत प्रयोग गरि मन्दिर निर्माण गरिएको जनाएको छ । मन्दिरमा शिवपञ्चायनका मूर्तिहरु, वसाह, हुनमानको मूर्ति, राधाकृष्णको मूर्ति, किरातेश्वर महादेवको स्थापना र नवदुर्गा भवानीको समेत सो मन्दिर प्रांगणमा स्थापना गरिएको संयोजक अधिकारीले जानकारी दिए । मन्दिरमा तुलसीको मोठ, वत्ति प्रज्वलन स्थलको निर्माण र मन्दिरको प्राङ्गणमा ढुगा विछ्याउनुको साथै पर्खाल लगाउने जस्ता कार्यहरु समेत सम्पन्न भएको जनाइएको छ ।
मन्दिर संरक्षण तथा विकास समितिले पुनर्निर्माण नियम २०८० जारी गरी श्री केशव अधिकारीको संयोजकत्वमा पुनर्र्निर्माण समिति गठन भएको सो समितिको सदस्यमा कोमलवहादुर अधिकारी, महेन्द्र अधिकारी, कर्णवहादुर अधिकारी, सुदीप वहादुर अधिकारी रहेको सो समितिको सदस्यसचिवमा राम अधिकारी रहेका छन् ।
पुनर्निर्माण समितिले सामाजिक सञ्जालको भरपूर उपयोग गर्दै दातालाई आह्वान गरि, आफ्नो स्वइच्छाले दान गर्न सकिने सुविधा प्रदान गरेको हालसम्म ३७५ जना दाताहरुले स्वेच्छाले हाल सम्म करिव ६२ लाख रकमको प्रतिवद्धता प्राप्त भएको र अधिकाँश रकम समितिलाई उपलव्ध भैसकेको जनाइएको छ ।
यहि फाल्गुण १४ महाशिवरात्रीको अवसरमा कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री पाँञ्चकर्ण राईको प्रमुख आतिथ्यमा उक्त मन्दिरको उद्घाटन गरिने जानकारी पुनर्निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिए ।
मन्दिरमा फाल्गुन १० गते देखि अखण्ड शिवपुराण, रुद्री पुजन गर्ने लगायत विभिन्न धार्मिक अनुष्ठानको कार्य गर्दै महाशिवरात्रीको अवसरमा प्राणप्रतिष्ठा र मन्दिरको समुदघाटनको कार्य हुने जनाईको छ । कार्यक्रममा अमेरिका, वेलायत, काठमाण्डौ र देशका विभिन्न भागबाट भक्तजनहरुको उपस्थिति हुने जनाईको छ । मन्दिर संरक्षण तथा विकास समितिले यो कार्य कोशी प्रदेश कै लागि एक ऐतिहासिक र आलौकिक कार्यक्रम हुने जनाएको छ । समितिले यस्तो अपूर्व धार्मिक अनुष्ठानको कार्यक्रममा उपस्थित भै सवैले लाभ लिनु हुन सो क्षेत्रका सवै धर्मवालम्वी, जातजाति क्षेत्र र सम्प्रदायका महानुभावहरुको उपस्थितिका लागि हार्दिक अपिल समेत गरेको छ ।