वित्त आयोगको मूल्यांकन : भोजपुरको ९ स्थानीय तह मध्ये हतुवागढी गाउँपालिका उत्कृष्ट

भोजपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भोजपुरको उत्कृष्ट स्थानीय सरकारको रुपमा हतुवागढी गाउँपालिका भएको छ ।

१७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा गरिएको मुल्याकनमा हतुवागढीले ९ ओटा स्थानीय सरकारमध्ये सबैभन्दा धेरै ६५.२ अंक ल्याएको हो ।
त्यस्तै दोस्रोमा रामप्रसाद राई गाउँपालिका, तेस्रोमा पौवा दुङ्मा गाउँपालिक, चौथोमा भोजपुर नगरपालिका, पाँचौमा आमचोक गाँउपालिका, छैटौमा षडानन्द नगरपालिका, सातौमा ट्याम्केमैयुङ्ग गाउपालिका, आठौमा अरुण गाउपालिका परेको छ । उल्लेखित स्थानीय तहले क्रमश ६४.५, ६२.४, ६२.१, ५९.८, ५८.८, ५७.९, ४९.२ अंक प्राप्त गरेका छन् ।

यस्तै ४५.४ अंक ल्याएर साल्पासिलिछो गाउँपालिका सबैभन्दा कम कार्यसम्पादन मूल्यांकन ल्याउन भोजपुरको स्थानीय तह भएको छ ।
आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकारको रुपमा डडेल्धुुराको अमरगढी नगरपालिका भएको छ ।
नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अंङ्क हासिल गरेको छ ।
अमरगढीले ८१.७ र सुर्योदयले ८०.२ अंक ल्याएका छन् ।
आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।