
काठमाडौं- सरकारले सबैभन्दा बढी बजेट शिक्षा मन्त्रालयलाई विनियोजन गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटअनुसार सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोज विनियोजन गरेको हो ।
दोस्रोमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ करोड विनियोजन भएको छ । यस्तै तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ । यी तीन मन्त्रालयबाहेक अरु मन्त्रालयमा खर्बको बजेट विनियोजन भएको छैन । सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड मात्रै विनियोजन भएको छ ।
कुन मन्त्रालयलाई कति बजेट विनियोजन भयो ?
-शिक्षा २ खर्ब ११ अर्ब १७ करोड
-भौतिक तथा यातायात १ खर्ब ५२ अर्ब
-शहरी विकास १ खर्ब १८ अर्ब ३४ करोड
-स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड
-ऊर्जा तथा जलस्रोत ८६ अर्ब १ करोड
-कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड
-खानेपानी ३३ अर्ब ८९ करोड
-वन तथा वातावरण १८ अर्ब ६१ करोड
-संस्कृति तथा पर्यटन १३ अर्ब २८ करोड
-उद्योग तथा वाणिज्य १० अर्ब १४ करोड
-सञ्चार ७ अर्ब ७२ करोड
-भूमि व्यवस्था ७ अर्ब ४९ करोड
-युवा तथा खेलकुद ६ अर्ब ८ करोड
-श्रम ४ अर्ब २८ करोड
-महिला बालबालिका २ अर्ब ८ करोड