
दिंला- षडानन्द मेयर कप (अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता) को उपाधिमा आयोजक षडानन्द नगरपालिकाले जितेको छ । षडानन्द नगरपालिका संखुवासभाको पाँचखपन नगरपालिकालाई ३-१को सेटमा २०-२५,२५-१७,२६-२४ र २५-२० ले पराजित गर्दै उपाधिमा कव्जा गरेका हो ।
प्रतियोगितामा कोशि प्रदेशका ६ वटा पालिकाका टीमको सहभागिता रहेको थियो । आयोजक षडानन्द नगरपालिकाका साथै साल्पासिलिंछो, अरुण, आमचोक, सभापोखरी र पाँचखपन नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने टीम षडानन्द नगरपालिकाले नगद रु १ लाख ७५ हजार नगर ट्रफी र मेडल प्राप्त गर्यो । त्यस्तै दित्तीय हुने पाँचखपनले नगद १ लाख ट्रफी र मेडल र सेमिफाईनलिष्ट आमचोक गाउँपालिका र सभापोखरी गाँउपालिका टीमले नगद ३०-३० हजार मा चित्त बुझाउनुपर्यो ।
प्रतियोगिताको फाईनलमा विजेता टीमका चिरण खडका उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताको उत्कृष्ट सर्वर षडानन्दका विष्णु वस्नेत, उत्कृष्ट लिव्रो षडानन्दकै ब्रिटिस राई, उत्कृष्ट सेटर पाँचखपनका मनोज घिमिरे, उत्कृष्ट स्पाईकर पाँचखपनका रोमन वस्नेत र उत्कृष्ट मिडल व्लकर षडानन्दका चिरण खडका घोषित भए । उनिहरुले जनही ३ हजार नगद प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने षडानन्दका धन वहादुर भट्ट चुनिए । उनले नगद ५ हजार प्राप्त गरे ।